गोलभेँडा उत्पादक किसानहरूसंग छलफल
गोलभेँडा उत्पादक किसानहरूसंग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले छलफल गरी किसानहरूको कृषि बिमा, गोलभेँडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्यलगायत किसानहरूको उत्पादनका लागि बजार व्यवस्थापनका मागहरु सम्बोधन गर्नुहुदै मन्त्रालय तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभयो।