कार्य विवरण
महाशाखा
- जलवायु परिवर्तन नीति तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्ने/गराउने,
- जलवायु परिवर्तन सम्बन्धी नीतिगत अध्ययन अनुसन्धान गर्ने/गराउने,
- जलवायु परिवर्तन सम्बन्धी वार्षिक वस्तुस्थिति प्रतिवेदन तयारी र प्रकाशन गर्ने/गराउने,
- जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौता जस्तै जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि UNFCCC, पेरिस सम्झौता, क्योटो प्रोटोकल, मन्ट्रियल प्रोटोकल तथा अन्य यस सम्बन्धी सन्धि, सम्झौताहरुको कार्यान्वयनको लागि केन्द्रविन्दु भई गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्ने/गराउने,
- जलवायु परिवर्तन सम्बन्धीत Inter-Governmental Panel on Climate Change (IPCC), Asia Pacific Network on Climate Change (APN), Global Change Research, BIMSTEC, GGGI, Switch Asia / Adaptation Fund Board का लागि राष्ट्रिय सम्पर्क विन्दुका रुपमा कार्य गर्ने,
- कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रवर्धन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु गर्ने, गराउने र कार्वन व्यापारको प्रवर्धन गर्न Designated National Authority -DNA) को कार्य गर्ने र NDC Partnership को केन्द्र विन्दु भई कार्य गर्ने,
- जलवायु परिवर्तन सम्बन्धी EbA, NAP, LAPA, NAPA कार्यक्रम÷आयोजनाहरु अन्तर मन्त्रालय तथा सरोकारवालाहरुसँग सहकार्य, समन्वय गरी कार्यान्वयन गर्ने/गराउने ।
- जलवायु परिवर्तन सम्बन्धमा विभिन्न निकायहरु एवं संघसंस्थाहरुबाट भए गरेका तथा हुने कार्यहरुको संयोजन एवं सहजीकरण गर्ने/गराउने,
- जलवायु परिवर्तन परिषद्को बैठक आयोजनामा सहजीकरण गर्ने,
- जलवायु परिवर्तन अनुकूलन रणनीति तर्जुमा र क्षेत्रगत नीतिहरुमा यसलाई मूलप्रवाहीकरण गर्ने गराउने,
- जलवायु परिवर्तन सम्बन्धी वार्ताको लागि आवश्यक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पेश गर्ने कार्यपत्रहरु तयार गर्ने/गराउने,
- हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्ने प्रविधिको विकास, प्रविधि हस्तान्तरण तथा प्रयोग लगायत स्वच्छ ऊर्जाको विकास सम्बन्धी कार्यहरुलाई प्रोत्साहित गर्ने, एवम् तत्सम्बन्धी सूचना सामग्री एवं तथ्याङ्क सङ्कलन तथा प्रवर्द्धनात्मक कार्यहरु गर्ने/गराउने,
- जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनको लागि दातृ निकायहरुबाट प्राविधिक एवं आर्थिक सहयोग जुटाउन प्राविधिक प्रस्तावहरु तर्जुमा गर्ने/गराउने,
- जलवायु परिवर्तनबाट हुन सक्ने प्रभावलाई न्यून गर्न, गराउन अनुकुलन र समयानुकुल सम्बन्धमा अन्तर मन्त्रालय समन्वय गर्ने,
- हरितगृह ग्याँसको उत्सर्जन बढी गर्ने क्षेत्रको पहिचान गरी स्वच्छ ऊर्जा एवं हरित उत्पादकत्व सम्बन्धी प्रवर्द्धनात्मक कार्य गर्ने/गराउने,
- दिगो विकास लक्ष्य तथा हरित अर्थतन्त्र (Green Climate Economy) सम्बन्धी नीति, कार्यनीति, कार्यक्रम तथा आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांङ्कन गर्ने
- जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तराष्ट्रिय तालिम, गोष्ठी, सेमीनार र सम्मेलन आयोजना गर्ने
- दिगो विकास सम्बन्धी अध्ययन, अनुसन्धान, प्रकाशन तथा प्रवर्धन कार्य गर्ने/गराउने,
- रेड कार्यान्वयन केन्द्रलाई प्राविधिक सहयोग उपलब्ध गराउने,
- अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुपको हरित गृह ग्याँस उत्सर्जन लगायतका राष्ट्रिय प्रतिवेदनहरु तयारी गरी पेश गर्ने,
- पेरिस सम्झौता वमोजिमको राष्ट्रिय रुपमा निर्धारित प्रतिवद्धता सम्बन्धी दस्तावेज तयार गरी सो को कार्यान्वयन गर्ने कार्यमा सहजिकरण गर्ने ।
- हरित जलवायु कोष Green Climate Fund र Global Environmental Facility बाट अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध हुने सहयोग प्राप्त गर्न अर्थ मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने ।
- प्रदेश तथा स्थानीय तहका सरकारहरुलाई जलवायु नीति तथा कार्यक्रम तयार गर्नका लागि आवश्यकता अनुसार परामर्श दिने, समन्वय र सहकार्य गर्ने,
- जलवायु परिवर्तन सम्बन्धी आयोजनाहरुको योजना, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने,
- जलवायु परिवर्तन न्यूनिकरण र अनुकूलन सम्बन्धी प्रविधिको प्रबर्धन, प्रचार प्रसार र हस्तान्तरण गर्ने, गराउने,
- जलवायु परिवर्तन व्यवस्थापनको लागि वातावरण वातावरण तथा सम्बन्धित विभागलाइ सहयोग तथा सहजिकरण गर्ने
- मन्त्रालयको वैदेशिक सहायता, विकास साझेदारी तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी योजना तथा कार्यक्रमको समन्वय गर्ने।
- वैदेशिक सहयोगमा सञ्चालित आयोजना तथा कार्यक्रमको योजना, बजेट तथा कार्यान्वयनको समग्र समन्वय गर्ने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्थाहरुसँग समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने,
- विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सम्पर्क विन्दुहरुको विवरण अद्यावधिक गर्ने र सम्बन्धीत सम्पर्क विन्दुहरु मार्फत आवश्यक समन्वय गर्ने,
- विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता बमोजिम मन्त्रालयबाट बहन हुने आर्थिक दायित्वको भुक्तानी सम्बन्धी कार्य गर्ने, अभिलेख राख्ने, अद्यावधिक गर्ने,
- वाह्य सहयोगमा सञ्चालनमा रहेका सवै आयोजनाहरुको स्वीकृत आयोजना दस्तावेज सहितको आयोजना अभिलेख अद्यावधिक गर्ने,
- अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपालमा कार्यान्वयनका लागि आवश्यक श्रोत जुटाउन समन्वय गर्ने,
- अन्तर्राष्ट्रिय सन्धि सम्झौता सम्बन्धी बैठकमा प्रस्तुत गर्न राष्ट्रिय सरोकारका मुद्दा पहिचान गर्ने गराउने व्यवस्था मिलाउने,
- कृषि, वन तथा पर्यावरण मन्त्रालयको वन क्षेत्रसँग सम्बन्धीत आयोजना प्रस्तावहरु तयारी तथा अद्यावधिक गर्ने, गराउने,
- तयार भएका आयोजना प्रस्तावहरु कार्यान्वयनको लागि विकास साझेदारहरुबाट प्राविधिक एवं आर्थिक सहयोग जुटाउन पहल गर्ने गराउने,
- अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा आयोजना हुने विकास सहायता सम्वन्धी द्वीपक्षीय एवं वहुपक्षीय वैठकहरुमा मन्त्रालयको प्रतिनिधीत्व गर्ने,
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
१. उत्सर्जन न्यूनीकरण तथा कार्बन व्यापार शाखा
- पेरिस सम्झौताको आर्टिकल ६ तथा स्वैच्छिक कार्बन संयन्त्र मार्फत कार्बन व्यापारमा निजी क्षेत्रलाई आकर्षण गर्ने, गराउन नीति तथा कार्यनीतिको तर्जुमा तथा कार्यान्वयन गर्न समन्वय र सहजीकरण गर्ने,
- पेरिस सम्झौताको आर्टिकल ६ तथा स्वैच्छिक कार्बन संयन्त्र अर्न्तगत कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रवर्धन र अनुगमन तथा मूल्याङ्कनका कार्यहरु गर्ने,
- कार्बन व्यापार सम्बन्धी जनशक्ति विकासको लागि गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने,
- नेपाललाई फाइदा हुने क्षेत्रमा कार्बन व्यापार सम्बन्धमा Certified Emission Reductions (CERs) or Verified Emission Reductions (VERS) निकाल्ने विधि (Methodologies) सम्बन्धी कार्य गर्ने,
- कार्वन व्यापार सम्बन्धी कार्यहरु प्रवर्धन गर्न Designated National Authority (DNA) को प्रारम्भिक कार्य तथा पेरिस सम्झौताको आर्टिकल ६ तथा स्वैच्छिक कार्बन संयन्त्र सम्बन्धी आयोजनाहरुको स्वीकृति प्रक्रिया सम्बन्धी कार्य गर्ने,
- कार्बन व्यापारको प्रवर्धन गर्न महासन्धि अन्तर्गत क्रियाशील DNA Forum को कार्यमा संलग्न हुने,
- कार्बन व्यापारको प्रक्रियालाई सरलीकृत बनाउँदै यसबाट नेपाललाई बढी फाइदा गराउने कार्यहरु गर्ने,
- कार्बन व्यापार सम्बन्धी आयोजनाहरूबाट न्युनिकरण हुने उत्सर्जनको Authorization, Transfer तथा Registry को व्यवस्थापनको लागि फोकल शाखा भइ कार्य गर्ने ।
- कार्बन व्यापार मार्फत Transfer भएका न्युनिकरणका एकाइहरुको अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने कार्यमा समन्वय गर्ने ।
- विभिन्न क्षेत्रबाट हुने कार्वन उत्सर्जनको अवस्था सम्बन्धी राष्ट्रिय योगदान प्रतिवद्धताको दस्तावेज तयार गर्न तथ्यांकहरु सङ्कलन एवं न्यूनिकरण सम्बन्धी लक्ष्यहरु निर्धारणमा सहजिकरण गर्ने,
- हरित गृह ग्याँस उत्सर्जन न्यूनिकरणको सम्वन्धमा अन्तराष्ट्रिय पत्राचारहरु गर्न सहयोगीको भूमिका निर्वाह गर्ने ।
- Emission Reduction Purchase Agreement-ERPA को तयारी तथा कार्यान्वयनको शिलशिलामा भूक्तानीको लागि समन्वय तथा सहजिकरण गर्ने
- कार्वन व्यापार तथा विभिन्न सम्झौताहरु गरी प्राप्त लाभहरुको वितरणको लागि संघ, प्रदेश तथा स्थानीय तहहरु लगायत निर्धारित निकाय तथा संस्थाहरु बीच समन्वय गर्ने ।
- कार्वन व्यापारमा संलग्न आयोजनाहरुको विवरण राख्ने, नियमन गर्ने र आवश्यकता अनुसार अनुगमन मूल्याङ्कन गर्ने एवं प्रगति विवरणहरु माग गर्ने,
- न्यून कार्वन सम्वन्धि आयोजनाहरु सञ्चालनमा सहजिकरण गर्ने,
- यस शाखालाई तोकिए बमोजिम अन्य कार्यहरु गर्ने ।
2. जलवायु प्रविधि तथा अनुकूलन शाखा
- अनुकुलन तथा दिगो विकास सम्बन्धी नीति, कार्यनीति तथा आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांङ्कन गर्ने,
- राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय अनुकूलन कार्ययोजनाको कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्यांङ्कन गर्ने,
- प्रदेश, स्थानीय तह तथा अन्य मन्त्रालयसँगको सहकार्यमा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी नीति, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने,
- जलवायु परिवर्तन अनुकूलन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा गैर सरकारी क्षेत्रबाट भएगरेका तथा हुने कार्यहरुको संयोजन तथा अनुगमन गर्ने,
- समुदायमा आधारित र पर्याप्रणालीमा आधारित अनुकुलन पद्धति सम्बन्धीत अध्ययन, अनुसन्धान तथा ज्ञान आदान प्रदान कार्य गर्ने,
- जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरणका क्रियाकलापहरुको समन्वय हुने गरी कार्यान्वयन गर्ने,
- हरित अर्थतन्त्र र दिगो विकास सम्बन्धी अवधारणालाई प्रवर्धन गर्ने र आवश्यक अध्ययन अनुसन्धान गर्ने,
- जलवायु परिवर्तन अनुकुलनको अवधारणालाई नीति निर्माण, निर्णय प्रकृया, वजेट प्रणाली र विकास आयोेजनासँग मूलप्रवाहीकरण गर्न आवश्यक कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्ने,
- जलवायु परिवर्तनका वर्तमान तथा भविश्यका जोखिमहरु र त्यससँग सामना गर्ने उपायहरु अनुमान गर्न आवश्यक कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
- जलवायु अनुकुलन सम्बन्धी स्वदेश तथा विदेशमा सञ्चालन हुने वैठक, कार्यशाला, सम्मेलन आदिमा सहभागिता जनाउने तथा आवश्यक कार्य गर्ने,
- यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
३. जलवायु वित्त तथा विकास समन्वय शाखा
- जलवायु परिवर्तन सम्बन्धी प्रविधि, तालिम तथा प्रचार प्रसारको आवश्यकता पहिचान गर्ने, उपयुक्त तालिम तथा प्रचार प्रसार सामाग्रीहरु तयार गरी वितरण गर्ने,
- जलवायु परिवर्तन प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने,
- जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका उपयुक्त प्रविधिहरुको स्वदेशमा विकास गर्न समन्वय गर्ने, अन्तर्राष्ट्रिय स्तरमा विकास भएका न्यून कार्बन उत्सर्जन (Low-carbon technologies) गर्ने जलवायु प्रविधिहरूमा सुचना (Information) र पहुँच (Access) कायम गर्ने, नवप्रवर्तनका लागी नेटवर्किङ गर्ने ।
- नेपाल सरकारका बिषयगत मन्त्रालयहरुको लागि आवश्यक पर्ने जलवायु परिवर्तन ब्यबस्थापन प्रविधि विकासमा सहजीकरण गर्ने, जलवायु मैत्री प्रविधि (Climate-smart technology) लाई राष्ट्रिय तथा विकास योजनाहरूमा मूलप्रवाहीकरण गर्न समन्वय गर्ने ।
- जलवायु परिवर्तन प्रविधि प्रवर्धनका लागि समय सापेक्ष लगानी प्रवर्धन गर्न आवश्यक नीतिगत खाकाहरु तयार गर्ने,
- जलवायु परिवर्तन ब्यबस्थापन प्रविधि विकास तथा वित्त ब्यबस्थापन सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालिम, गोष्ठी, सेमिनार, सम्मेलनहरुको आयोजना गर्ने र सहभागी हुने ।
- जलवायु परिवर्तन अनुकुलन, न्यूनिकरण तथा विपद ब्यबस्थापनका लागी विभिन्न संयन्त्र (Technology Mechanism) मार्फत प्राप्त हुने प्राविधिक सहयोग तथा वित्त व्यवस्थापनका कार्यहरु गर्ने,
- पेरिस सम्झौता वमोजिमको राष्ट्रिय रुपमा निर्धारित प्रतिवद्धता सम्बन्धी दस्तावेज तयार गरी सो को कार्यान्वयन गर्ने कार्यमा सहजिकरण गर्ने ।
- जलवायु वित्त सम्बन्धी वार्ताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पेश गर्ने आवश्यक कार्यपत्रहरु तयार गर्ने गराउने
- मन्त्रालयसँग सम्बन्धीत विकास सहायताको प्राप्ति, परिचालन तथा यस सम्बन्धी समन्वयको कार्य गर्ने
- आयोजना प्रस्तावहरु तयार गर्दा प्रदेश मन्त्रालय र अन्य निकायहरुसँग छलफल÷अन्तरक्रिया गर्ने,
- दातृ निकाय, विभिन्न मित्र राष्ट्र, अन्तराष्ट्रिय संस्थाहरु एवं विकास साझेदारहरुको सहयोगमा संचालित आयोजनाहरुको तथ्याङ्क अद्यावधिक गर्ने र कार्यान्वयनमा समन्वय कायम गर्ने, गराउने,
- वाह्य सहयोगमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्यान्वयनको अवस्था अद्यावधिक गर्ने,
- मन्त्रालय अन्तरगत कार्यरत विदेशी विज्ञ, स्वंयसेवक, परामर्शदाता आदिको चयन, भिसा, म्याद थप सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने,
- वैदेशिक सहयोगबाट सञ्चालित आयोजनाहरुको नियमित रुपमा कार्य सम्पादन प्रतिवेदन प्राप्त गर्ने,
- यस शाखालाई तोकिए बमोजिमका विकास सहायता सम्वन्धी अन्य कार्यहरु गर्ने
- यस शाखालाई तोकिए बमोजिम अन्य कार्यहरु गर्ने ।
४. उत्सर्जन मापन तथा पार्दशिता शाखा
- राष्ट्रिय हरितगृह ग्यास(GHG) सूचीकरण तथा प्रतिवेदनको साथे IPCC को निर्देशिका र ETF को आवश्यकता अनुसार राष्ट्रिय हरितगृह ग्याँस सूचीकरण (Inventory) तयार गर्ने कार्यको नेतृत्व/सुपरिवेक्षण गर्ने ।
- अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम द्विवार्षिक पारदर्शिता प्रतिवेदन (Biennial Transparency Report - BTR), राष्ट्रिय सञ्चार (National Communications) लगायतका प्रतिवेदनहरू तयार गरी बुझाउने । पेश गरिएका प्रतिवेदनहरुमा समावेश भएका तथ्यतथ्याङ्कहरूको पूर्णता, एकरूपता र पारदर्शिता सुनिश्चित गर्ने ।
- विस्तृत पारदर्शिता खाका (ETF) कार्यान्वयन,मापन, प्रतिवेदन र प्रमाणीकरण (MRV) को लागि राष्ट्रिय प्रणालीको ढाँचाहरुको विकास र सञ्चालन गर्ने ।तथ्याङ्क संकलन, अभिलेखीकरण र गुणस्तर नियन्त्रण (QA/QC) को लागि संस्थागत क्षमता अभिबृद्धिका साथै संरचनागत व्यवस्थापन गर्ने ।
- प्राविधिक विज्ञ समूहको समीक्षा (TER) प्रक्रियामा समन्वय तथा सहजिकरण गर्ने र प्राप्त सुझावहरूको सम्बोधन गर्ने उपाएहरु खोजी गरी कार्यान्वयन गर्ने । राष्ट्रिय निर्धारित योगदान (NDC) को प्रगति र प्राप्त सहयोगको लेखाजोखा गर्ने
- रेड प्लस (REDD+) र वन क्षेत्रको प्राविधिक कार्यमा सहयोग, उत्सर्जन न्यूनीकरण (ER) अनुगमन प्रतिवेदन र वनको आधार उत्सर्जन प्रतिवेदन (FREL/FRL) तयारीमा प्राविधिक सहयोग पुर्याउने ।रेड प्लसका प्रतिवेदनहरूलाई राष्ट्रिय GHG सूचीकरण र ETF का शर्तहरूसँग आवद्ध गर्ने ।
- जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन र पारदर्शिता प्रणालीमा अनुसन्धान तथा क्षमता अभिवृद्धि र समन्वयको कार्य गर्ने । प्रतिवेदनको गुणस्तर बढाउन आधार, विधि र शिपको विकास गर्ने ।
- जलवायु प्रतिवेदन सम्बन्धी राष्ट्रिय तथ्याङ्क (Database) को व्यवस्थापन गर्ने ।
- जलवायु परिवर्तन सम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण तथा प्रतिवेदनका लागि सरकारी, गैर-सरकारी विकास साझेदार तथा अन्य आवश्यक सरोकारवाल निकायहरूसँग समन्वय गर्ने ।
- हरितगृह ग्यास तथ्यांकको व्यवस्थापन र कार्बन लेखाजोखा सम्बन्धी तालिम, गोष्ठी,बैठक तथा कार्यशालाहरू आयोजना गर्ने ।
- अन्तर्राष्ट्रिय जलवायु वार्ता तथा सञ्चार लागि राष्ट्रिय धारणा पत्र (Position Papers) र प्राविधिक रुपमा संक्षिप्त विवरणहरू तयार गर्ने ।
- मन्त्रालयबाट तोकिएका अन्य कार्यहरु गर्ने ।
५. जलवायु परिवर्तन तथा उत्थानशील शाखा
- जलवायु परिवर्तनसम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयनमा समन्वय तथा मूलप्रवाहीकरण गर्ने।
- जलवायु परिवर्तनसम्बन्धी महासन्धि, प्रोटोकल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (UNFCCC) अन्तर्गत रहेका प्राविधिक तथा कार्यान्वयन संयन्त्रहरू, जस्तै Climate Technology Centre and Network (CTCN), Technology Executive Committee (TEC), Action for Climate Empowerment (ACE), Fund for Responding to Loss and Damage (FRLD), तथा Santiago Network मार्फत नेपाललाई प्राप्त हुने प्राविधिक, आर्थिक तथा क्षमता विकाससम्बन्धी सहयोगका लागि आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने।
- जलवायु परिवर्तन तथा उत्थानशीलतासम्बन्धी कार्यक्रमहरूको कार्यान्वयनका लागि दातृ निकाय तथा विभिन्न जलवायु वित्तीय संयन्त्रहरूबाट प्राविधिक सहयोग र जलवायु वित्त परिचालन गर्न प्राविधिक प्रस्ताव तर्जुमा गर्ने, सम्बन्धीत निकायमा पेश गर्न आवश्यक समर्थन पत्र (Endorsement Letter) उपलब्ध गराउने तथा सिफारिस गर्ने।
- जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को सचिवालयको रूपमा कार्य गर्दै परिषद्का निर्णयहरूको कार्यान्वयन तथा अनुगमन गर्ने।
- राष्ट्रिय जलवायु परिवर्तन नीति, राष्ट्रिय निर्धारित योगदान (NDC), राष्ट्रिय अनुकूलन योजना (NAP), हानि तथा नोक्सानी (Loss and Damage) लगायत जलवायु परिवर्तनसम्बन्धी विषयगत नीति, योजना तथा कार्यक्रमहरूमा जलवायु विज्ञानका आधारमा तथ्यपरक प्राविधिक सहयोग तथा समन्वय गर्ने।
- अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP), सहायक निकायहरूको बैठक (SBSTA, SBI) लगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रभावकारी सहभागिताका लागि राष्ट्रिय प्राथमिकताअनुसार आवश्यक प्राविधिक सामग्री तयारीमा सहयोग गर्ने।
- जलवायु परिवर्तन तथा उत्थानशीलतासम्बन्धी गोष्ठी, कार्यशाला, तालिम, सेमिनार, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना, सञ्चालन, सहजीकरण तथा प्रचारप्रसार गर्ने तथा सम्बन्धीत राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउने।
- जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभाव न्यूनीकरण तथा अनुकूलन, समानुकूलन र उत्थानशील विकास (Resilience Development) सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि अन्तरमन्त्रालय तथा अन्तरतह (संघ, प्रदेश तथा स्थानीय) समन्वय गर्ने।
- मौसम तथा जलवायु प्रवृत्ति, चरम मौसमी घटनाहरू तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययन, विश्लेषण तथा अनुसन्धानमा समन्वय गर्ने तथा नीति निर्माण प्रक्रियामा प्राविधिक सहयोग प्रदान गरी जलवायु परिवर्तन व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सहयोग गर्ने।
- सम्बन्धीत मन्त्रालय, विभाग, केन्द्र, शैक्षिक संस्था, अनुसन्धान निकाय, गैर सरकारी संस्था तथा विकास साझेदारहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने।
- यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।
६. जलवायु विज्ञान तथा उड्डयन मौसम नियमन शाखा
- जलवायु विज्ञान, मौसम तथा उड्डयन मौसम सेवासम्बन्धी नीति, कानून, मापदण्ड, रणनीति तथा एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने।
- बहुप्रकोप पूर्वसूचना प्रणाली (Multi-Hazard Early Warning System) तथा National Framework for Climate Services (NFCS) सम्बन्धी नीति, मापदण्ड र कार्ययोजना तर्जुमा गर्ने तथा तिनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धीत निकायबीच समन्वय, सहकार्य, सहजीकरण, अनुगमन र मूल्याङ्कन गर्ने।
- जलवायु तथा उड्डयन मौसम सेवासम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय महासन्धि, मापदण्ड, दायित्व तथा प्रतिबद्धताको कार्यान्वयनका लागि आवश्यक नीतिगत समन्वय, सहजीकरण तथा अनुगमन गर्ने।
- जलवायुजन्य तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, पूर्वसूचना तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सम्बन्धीत मन्त्रालय, विभाग, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तह, विकास साझेदार र अन्य सरोकारवाला निकायसँग अन्तरनिकाय समन्वय तथा सहकार्य गर्ने।
- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) का Standards and Recommended Practices (SARPs) अनुरूप अन्तर्राष्ट्रिय विमानस्थलहरूमा प्रदान गरिने उड्डयन मौसम सेवाको नियामकीय व्यवस्था, मापदण्डको कार्यान्वयन, अनुगमन तथा समन्वय गर्ने।
- ICAO Universal Safety Oversight Audit Programe (USOAP) अन्तर्गत हुने उड्डयन मौसम सेवासम्बन्धी अडिटका लागि आवश्यक नीतिगत, संस्थागत तथा प्राविधिक तयारीका लागि सम्बन्धीत निकायसँग समन्वय, सहकार्य तथा सहजीकरण गर्ने, अडिटबाट प्राप्त Findings तथा Corrective Action Plan को कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने तथा प्रगतिको अनुगमन गर्ने।
- विश्व मौसम संगठन (WMO), अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) तथा अन्य क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संस्थासँग जलवायु विज्ञान, उड्डयन मौसम सेवा तथा पूर्वसूचना प्रणालीसम्बन्धी सहकार्य, समन्वय, सूचना आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने।
- जलवायु विज्ञान तथा उड्डयन मौसम सेवाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण, क्षमता विकास तथा मानव स्रोत विकाससम्बन्धी नीति, मापदण्ड र कार्यक्रमको समन्वय तथा अनुगमन गर्ने।
- मातहतका निकायबाट प्रवाह हुने जलवायु तथा उड्डयन मौसम सेवाको प्रभावकारिता, गुणस्तर तथा मापदण्ड पालनाको अनुगमन, मूल्याङ्कन तथा आवश्यक नीतिगत सुधारका लागि सुझाव प्रदान गर्ने।
- मन्त्रालयले तोकेका जलवायु विज्ञान तथा उड्डयन मौसम सेवा नियमनसम्बन्धी अन्य कार्यहरू गर्ने।
- शाखासँग सम्बन्धीत कार्यक्रम, योजना तथा बजेटको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने।
- उड्डयन मौसम उपकरण, प्रणाली तथा सेवाको नियामकीय पक्षको अनुगमन तथा आवश्यक सिफारिस गर्ने।
- शाखासँग सम्बन्धीत क्षमता विकास, तालिम, गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।