वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनको अध्ययन, विश्लेषण, स्वीकृति सम्बन्धी प्रक्रिया तथा सोसँग सम्बन्धीत कार्य गर्ने, गराउने।
वातावरणीय अनुगमन, परीक्षण तथा मूल्याङ्कनका लागि आवश्यक व्यवस्था मिलाउने, गराउने।
प्रदूषण नियन्त्रणका लागि आवश्यक मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने, गराउने।
प्राकृतिक स्रोतमा पर्ने वातावरणीय प्रभावको अध्ययन, मूल्याङ्कन तथा विश्लेषण गरी आवश्यक प्राविधिक राय उपलब्ध गराउने।
वातावरणीय मापदण्डको विकास तथा परिमार्जनका लागि अन्य मुलुकमा प्रचलित मापदण्डहरूको अध्ययन, अनुसन्धान तथा आवश्यक सिफारिस गर्ने।
उद्योगहरूलाई प्रत्यक्ष वा स्थानीय तहमार्फत प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने कार्यमा आवश्यक प्राविधिक सहयोग तथा समन्वय गर्ने।
वन, वनक्षेत्र तथा वनजन्य स्रोतको संरक्षणमा प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्यले आवश्यक मार्गचित्र तथा कार्ययोजना तयार गर्ने, गराउने।
वातावरण संरक्षण कोषको विकास, विस्तार तथा प्रभावकारी परिचालनका लागि आवश्यक कार्य गर्ने, गराउने।
वातावरण संरक्षण परिषद्को बैठक सञ्चालन तथा सचिवालय सम्बन्धी कार्य गर्ने, गराउने।
वातावरण संरक्षण कोषबाट सञ्चालन हुने वार्षिक कार्यक्रम तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन सम्बन्धी कार्य गर्ने, गराउने।
विकिरण तथा हानिकारक रसायनको आयात-निर्यात नियमन तथा अन्य क्षेत्रमा हुने प्रयोगबाट जनजीवन र वातावरणमा पर्न सक्ने प्रभावको अध्ययन, विश्लेषण तथा आवश्यक सुरक्षा उपाय अवलम्बनका लागि सिफारिस गर्ने।
वातावरण संरक्षण, प्रवर्धन, व्यवस्थापन तथा वातावरणीय सुशासन सम्बन्धी कार्यक्रम तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्ने, गराउने।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सहजीकरणसँग सम्बन्धीत वातावरणीय पक्षका कार्यहरूको समन्वय तथा सहजीकरण गर्ने।
बागमती प्रदेशभित्रका आयोजना तथा कार्यक्रमको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन अध्ययन, स्वीकृति तथा सम्बन्धीत कार्य गर्ने, गराउने।
बागमती प्रदेशमा वातावरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने, गराउने।
बागमती प्रदेशमा प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डको कार्यान्वयन तथा अनुगमन गर्ने।
बागमती प्रदेशका प्राकृतिक स्रोतमा पर्ने वातावरणीय असरहरूको मूल्याङ्कन गरी आवश्यक प्राविधिक राय उपलब्ध गराउने।वातावरणीय मापदण्डको कार्यान्वयनका लागि आवश्यक अध्ययन तथा अनुसन्धानमा सहयोग गर्ने
बागमती प्रदेशका उद्योगहरूलाई प्रत्यक्ष वा स्थानीय तहमार्फत प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने कार्यमा सहयोग पुर्याउने।
वन तथा वनजन्य स्रोत संरक्षणमा प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम तथा मार्गचित्र कार्यान्वयनमा सहयोग गर्ने।
वातावरण संरक्षण कोषबाट सञ्चालन हुने कार्यक्रमको प्रदेशस्तरीय कार्यान्वयन तथा अनुगमन गर्ने।
विकिरण तथा हानिकारक रसायनको प्रयोगबाट पर्न सक्ने वातावरणीय प्रभाव सम्बन्धी अध्ययन तथा आवश्यक सिफारिस गर्ने।
वातावरणीय सुशासन, वातावरण संरक्षण तथा प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन तथा अनुगमन गर्ने।
बागमती प्रदेशभित्रका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वातावरणीय पक्षसँग सम्बन्धीत कार्यको समन्वय तथा सहजीकरण गर्ने।
लुम्बिनी तथा गण्डकी प्रदेशभित्रका आयोजना तथा कार्यक्रमको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन अध्ययन, स्वीकृति तथा सम्बन्धीत कार्य गर्ने, गराउने।
लुम्बिनी तथा गण्डकी प्रदेशमा वातावरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने, गराउने।
लुम्बिनी तथा गण्डकी प्रदेशमा प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डको कार्यान्वयन तथा अनुगमन गर्ने।
लुम्बिनी तथा गण्डकी प्रदेशका प्राकृतिक स्रोतमा पर्ने वातावरणीय असरहरूको मूल्याङ्कन गरी आवश्यक प्राविधिक राय उपलब्ध गराउने।
वातावरणीय मापदण्डको कार्यान्वयनका लागि आवश्यक अध्ययन तथा अनुसन्धानमा सहयोग गर्ने।
लुम्बिनी तथा गण्डकी प्रदेशका उद्योगहरूलाई प्रत्यक्ष वा स्थानीय तहमार्फत प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने कार्यमा सहयोग पुर्याउने।
वन तथा वनजन्य स्रोत संरक्षणमा प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम तथा मार्गचित्र कार्यान्वयनमा सहयोग गर्ने।
वातावरण संरक्षण कोषबाट सञ्चालन हुने कार्यक्रमको प्रदेशस्तरीय कार्यान्वयन तथा अनुगमन गर्ने।
विकिरण तथा हानिकारक रसायनको प्रयोगबाट पर्न सक्ने वातावरणीय प्रभाव सम्बन्धी अध्ययन तथा आवश्यक सिफारिस गर्ने।
वातावरणीय सुशासन, वातावरण संरक्षण तथा प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन तथा अनुगमन गर्ने।
लुम्बिनी तथा गण्डकी प्रदेशभित्रका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वातावरणीय पक्षसँग सम्बन्धीत कार्यको समन्वय तथा सहजीकरण गर्ने
कर्णाली तथा सुदूरपश्चिम प्रदेशभित्रका आयोजना तथा कार्यक्रमको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन अध्ययन, स्वीकृति तथा सम्बन्धीत कार्य गर्ने, गराउने।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा वातावरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने, गराउने।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डको कार्यान्वयन तथा अनुगमन गर्ने।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्राकृतिक स्रोतमा पर्ने वातावरणीय असरहरूको मूल्याङ्कन गरी आवश्यक प्राविधिक राय उपलब्ध गराउने।
वातावरणीय मापदण्डको कार्यान्वयनका लागि आवश्यक अध्ययन तथा अनुसन्धानमा सहयोग गर्ने।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उद्योगहरूलाई प्रत्यक्ष वा स्थानीय तहमार्फत प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने कार्यमा सहयोग पुर्याउने।
वन तथा वनजन्य स्रोत संरक्षणमा प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम तथा मार्गचित्र कार्यान्वयनमा सहयोग गर्ने।
वातावरण संरक्षण कोषबाट सञ्चालन हुने कार्यक्रमको प्रदेशस्तरीय कार्यान्वयन तथा अनुगमन गर्ने।
विकिरण तथा हानिकारक रसायनको प्रयोगबाट पर्न सक्ने वातावरणीय प्रभाव सम्बन्धी अध्ययन तथा आवश्यक सिफारिस गर्ने।
वातावरणीय सुशासन, वातावरण संरक्षण तथा प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन तथा अनुगमन गर्ने।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशभित्रका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वातावरणीय पक्षसँग सम्बन्धीत कार्यको समन्वय तथा सहजीकरण गर्ने