1. कार्य विवरण

    महाशाखा

  2. राष्ट्रिय वन नीति अनुरुप संघ, प्रदेश र स्थानीय तहको कार्य विवरणहरुको सन्र्दभमा आवश्यक नीतिगत कार्यहरु गर्ने गराउने,
  3. सरकारी वन क्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारणमा नीतिगत समन्वय गर्ने गराउने,
  4. वन जंगलको संरक्षण, उपयोग, सम्बद्र्धन र व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने गराउने,
  5. सरकारी, सार्वजनिक, निजी क्षेत्र, कृषि वन, सहरी क्षेत्रमा वृक्षारोपण, वन विकास तथा स्रोत व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने गराउने,
  6. राष्ट्रिय वन क्षेत्र, सरकारी घर जग्गा हस्तान्तरण, जग्गा सट्टाभर्ना, मुआब्जा, वन उपयोग तथा अन्य प्रयोजनलाई वन क्षेत्र माग भई आएको सम्बन्धमा आवश्यक प्रक्रीया अवलम्वन गरी निर्णयका लागि राय उपलब्ध गराउने,
  7. राष्ट्रिय वन क्षेत्र अन्य प्रयोजनको लागि उपलव्ध गराउने वारे प्रस्ताव तयार गर्ने गराउने,
  8. काष्ठ तथा गैह्र काष्ठ वन पैदाबारको व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने गराउने,
  9. भू जलाधार क्षेत्रको संरक्षण संम्बद्धन र व्यवस्थापन सम्वन्धी नीति कानून मापदण्ड र नियमन सम्बन्धी कार्यहरु गर्ने गराउने,
  10. समग्र जलाधारहरुको एकीकृत व्यवस्थापनलाई दिगो विकासको मुख्य रणनीतिको रुपमा अवलम्वन गर्दै जलाधार सेवा समुदाय स्तरमा विस्तारका लागि रणनीतिक खाका तर्जुमा गर्ने गराउने,
  11. वातावरणीय सेवा भूक्तानीका लागि रणनीति कार्यहरु गर्ने गराउने,
  12. सिमसारतथा ताल तलैया क्षेत्रहरुको एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने गराउने,
  13. नदि प्रणालीमा आधारित वृहत् जलाधार संरक्षण योजना तर्जुमा तथा कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्ने गराउने,
  14. वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी आवश्यक रणनीतिक योजनाहरुको अवधारणा बनाई प्रदेश तहसँग समेत आवश्यक सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने,
  15. नदि प्रणालीमा आधारित बृहत जलाधार संरक्षण कार्यक्रम, जलाधार व्यवस्थापन केन्द्र र विभिन्न आयोजनाहरुको कार्र्यक्रम अनुगमन तथा समन्वय गर्ने ।
  16. राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको कार्यान्वयनमा समन्वय, सहजीकरण तथा कार्यक्रम प्रभावकारिता अध्ययन गर्ने ।
  17. यस महाशाखालाई तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।

४. जलाधार तथा भूसंरक्षण शाखा

भू तथा जलाधार क्षेत्रको संरक्षण संम्बद्धन र व्यवस्थापन सम्वन्धी नीति कानून मापदण्ड र नियमन सम्बन्धी कार्यहरु गर्ने, समग्र जलाधारहरुको एकीकृत व्यवस्थापनलाई नेपालको दिगो विकासको मुख्य रणनीतिको रुपमा अवलम्वन गर्दै जलाधार सेवा समुदाय स्तरमा विस्तारका लागि रणनीतिक खाका तर्जुमा गर्न समन्वय तथा सहजीकरण गर्ने, वातावरणीय सेवा भुक्तानीका लागि रणनीति कार्यहरु गर्ने, सिमसार तथा ताल तलैया क्षेत्रहरुको एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने, नदि प्रणालीमा आधारित वृहत जलाधार संरक्षण योजना तर्जुमा तथा कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्ने, वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी आवश्यक रणनीतिक योजनाहरुको अवधारणा बनाई प्रदेश तहसँग समेत आवश्यक सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने, भू तथा जलाधार क्षेत्रको संरक्षण सम्बन्धि आयोजनाहरुको कार्यान्वयनमा समन्वय तथा सहजिकरण गर्ने नदि प्रणालीमा आधारित बृहत जलाधार संरक्षण कार्यक्रम, जलाधार व्यवस्थापन केन्द्र र विभिन्न आयोजनाहरुको कार्र्यक्रम अनुगमन तथा समन्वय गर्ने । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको कार्यान्वयनमा समन्वय, सहजीकरण तथा कार्यक्रम प्रभावकारिता अध्ययन गर्ने । यस शाखालाई तोकिए बमोजिमका भू तथा जलाधार व्यवस्थापन सम्बन्धि अन्य कार्यहरु गर्ने ।

३. समुदायमा आधारित वन शाखा

संरक्षणमुखी, उत्पादनमुखी एवं पर्यापर्यटन प्रवर्धनमुखी, समुदायमा आधारित वन व्यवस्थापन प्रणालीका वन व्यवस्थापन गर्न आवश्यक राष्ट्रिय नीति एवं मापदण्ड तयारी सम्बन्धी कार्यहरु गर्ने गराउने तथा सरोकारवालाहरुसँग समन्वय गर्ने, उत्पादनमूखी सामुदायिक वनहरुको दिगो÷वैज्ञानिक व्यवस्थापनका राष्ट्रिय आधार र सूचकहरु निर्माणका लागि आवश्यक सहजीकरणका कार्यहरु गर्ने, सामुदायिक वनहरु तथा विभिन्न वन प्रणालीहरु भित्र वन्यजन्तुको संरक्षण, व्यवस्थापन तथा दिगो उपयोग लगायत पर्यापर्यटन सेवा प्रवर्धनका लागि आवश्यक राष्ट्रिय नीतिगत व्यवस्था गर्ने, सामुदायिक वन उपभोक्ता समूह लगायत यस्तै प्रकृतिका समुदायमा आधारित वन व्यवस्थापन प्रणालीहरुको कार्यान्वयनको लागि रहेका तथा रहने कोष परिचालन बारे राष्ट्रिय नीति एवं कानून निर्माण सम्वन्धी कार्यहरु गर्ने, सामुदायिक वन लगायत समुदायमा आधारित वन प्रणालीहरुको व्यवस्थापन, लाभको बाँडफाँड लगायतका समसामयिक सवालहरु सम्बोधन हुने गरी समसामयिक नीति तर्जुमामा आवश्यक सहजीकरण गर्ने, परम्परागत वन उपभोक्ता, हालका उपभोक्ता, टाढा र नजिकका उपभोक्ता र सम्बन्धित सामुदायिक वनको संरक्षण, सम्बद्र्धन, व्यवस्थापन र सदुपयोग सम्वन्धि आवश्यक राष्ट्रिय मापदण्ड निर्माण सम्वन्धी कार्यहरु गर्ने, सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत दिगोपना, समावेशी प्रतिनिधित्व एवं निर्णय प्रक्रिया सम्वन्धी राष्ट्रिय नीतिगत व्यवस्थाका लागि आवश्यक कार्यहरु गर्ने, वन डढेलो नियन्त्रण एवं रोकथामका लागि अवलम्वन गरिने व्यबस्थापन लगायत राष्ट्रिय नीति तथा सूचना पद्धतिको निर्माण सम्वन्धी नीतिगत कार्यहरु गर्ने गराउने एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गर्ने, वन श्रमिक, वन हेरालु, समुदायमा आधारित वनहरुको संरक्षण, व्यवस्थापन तथा संवर्धनमा आवश्यक दक्ष जनशक्तिको योग्यता तथा कार्यसूचिको मापदण्ड निर्माण सम्वन्धी कार्यहरु गर्ने गराउने, मध्यवर्ती सामुदायिक वनको संरक्षण र उपयोग सम्वन्धमा समिति, समूहको गठन र कार्य विवरण सम्वन्धि राष्ट्रिय मापदण्ड र नियमन सम्वन्धमा आवश्यक सहजीकरण गर्ने, कबुलियती वन एवं उपभोक्ता समूहहरुको आर्थिक उपार्जन तथा संस्थागत दिगोपना सम्वन्धी राष्ट्रिय मापदण्ड निर्माण गर्ने, नेपालको संविधान बमोजिम संघीयता कार्यान्वयनको सन्दर्भमा सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरुको स्थानीय, प्रदेश एवं केन्द्रीय तहसँगको अन्तरसम्वन्ध एवं समन्वय सम्बन्धी आवश्यक नीतिगत तथा कार्यान्वयनमूखी अनुगमन प्रणाली एवं अन्तरसमन्वय प्रणालीको विकास गर्न सहजीकरण गर्ने, वनको अवस्थिति, उपभोक्ताहरुको बसोवासको भौगोलिक अवस्था, वनस्रोतको अवस्था एवं क्षेत्रफलका आधारमा सहभागितामूलक वन व्यवस्थापन पद्धतिको छनौट सम्बन्धी राष्ट्रिय नीति एवं मापदण्ड निर्माण गर्न समन्वय गर्ने, सहभागितामूलक वन व्यवस्थापन सम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना, समन्वय तथा सहभागिता सम्बन्धी कार्यहरु गर्ने, अन्तर्राष्ट्रिय प्रतिवद्धता बमोजिमका राष्ट्रिय प्रतिवेदन निर्माण गरी पेश गर्ने, सामुदायिक वन, साझेदारी वन, कवुलियती वन, वन संरक्षण क्षेत्र वन, कृषि वन, पारिवारिक वन र सहरी वन लगायतका पद्धतिहरुको अभिलेख राख्ने र अध्ययन अनुसन्धान गर्ने गराउने एवं सरोकारवाला निकायहरुसँग समन्वय गर्ने । पर्वतीय विकास सम्वन्धी कार्यक्रमहरुको पहिचान, अध्ययन तथा समन्वय गर्ने, तथा आबश्यक वैठक, गोष्ठी र सम्मेलनहरुको आयोजना गर्ने र मन्त्रालयले प्रतिनिधित्व गर्नु पर्ने भए सहभागी हुने, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहहरु लगायत अन्य सरेकारवालाहरुसँग समुदायमा आधारित वन व्यवस्थापन तथा त्यसको लाभको दिगो सदुपयोग सम्बन्धमा आवश्यक समन्वय एवं सहकार्य गर्ने, यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

२. राष्ट्रिय वन शाखा

वन तथा वनजन्य उद्योगको लागि कच्चा पदार्थ उपलव्ध गराउने सम्वन्धी नीतिगत प्रस्ताब तयारी गर्ने, उच्च मूल्यका व्यवसायिक तथा अन्य खेती प्रवर्धन र बजारीकरण प्रवर्धन सम्वन्धि प्रस्ताब तयारी गर्ने, व्यवसायिक कवुलियती वन र काष्ठ तथा गैह्र काष्ठ वन पैदाबारको व्यवस्थापन सम्वन्धी नीतिगत कार्य गर्ने, सरकारी, सार्वजनिक, कृषि वन, निजी र सहरी क्षेत्रमा वृक्षारोपण, वन विकास तथा व्यवस्थापन सम्बन्धी कार्यलाई समय अनुसार परिमार्जन गर्ने नीतिगत समन्वय गर्ने, सरकारी वन क्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारणमा नीतिगत समन्वय गर्ने, वन जंगलको संरक्षण, उपयोग, सम्बद्र्धन र व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने, खर्क तथा चरन आदिको व्ययस्थापन सम्वन्धिका कार्यहरु गर्ने ।यस सम्बन्धी फोकल निकायको रुपमा कार्य गर्ने । यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

१.वन क्षेत्र भू-उपयोग शाखा

राष्ट्रिय वन क्षेत्र, सरकारी घर जग्गा हस्तान्तरण, जग्गा सट्टाभर्ना, मुआब्जा, वन उपयोग तथा अन्य प्रयोजनलाई वन क्षेत्र माग भई आएको सम्बन्धमा आवश्यक प्रक्रिया अवलम्वन गरी निर्णयका लागि राय उपलब्ध गराउने, राष्ट्रिय वन क्षेत्र अन्य प्रयोजनको लागि उपलव्ध गराउने वारे प्रस्ताव तयार गर्ने, मन्त्रालयका शाखाहरुलाई भू-उपयोग परिवर्तनका सम्बन्धमा आवश्यक राय तथा सुझाव उपलब्ध गराउने, वन क्षेत्र भू-उपयोग परिवर्तन सम्बन्धी राष्ट्रिय नीति तथा मापदण्ड तयार गर्न आवश्यक समन्वय गर्ने, भू-उपायोग परिवर्तन सम्बन्धी तथ्यांकहरु अद्यावधिक गर्ने, यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।