कार्यविवरण

महाशाखा

  • रासायनिक तथा जैविक मल उत्पादन तथा आयात मापदण्ड, गुणस्तर निर्धारण तथा नियमन सम्बन्धी कार्य,
  • स्वेदश भित्र वीउ विजन आपूर्ति गुणस्तर र मापदण्ड सम्बन्धी कार्य,
  • आधुनिक कृषि औजार आपूर्ति प्रयोग र वितरण सम्बन्धी मापदण्ड तर्जुमा तथा विस्तारमा प्रादेशिक समन्वय सम्बन्धी कार्य,
  • कृषि सामग्री अनुदान नीति मापदण्ड तथा वितरणको समुचित व्यवस्थापन सम्बन्धी कार्य,
  • खाद्यान्न, नगदेबाली, फलफूल तरकारी, रेशम वालीको प्रवर्धन सम्बन्धी केन्द्रीय कानून, मापदण्ड र नियमन, सम्बन्धी कार्य,
  • उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि कृषि समूह, सहकारी, निजी उद्यमीलाई प्रोत्साहन सम्बन्धी कार्य,
  • माटोको गुणस्तरीयता कायम गर्न माटो व्यवस्थापन सम्बन्धी राष्ट्रिय मापदण्ड,
  • कृषि अनुसन्धान, शिक्षा र प्रसार सम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा समन्वय र विस्तार सम्बन्धी कार्य,
  • आधुनिक कृषि प्रविधिको प्रयोग, अवलम्वन परिमार्जन र समन्वय सम्बन्धी कार्य,
  • कृषक क्षमता विकास सम्बन्धी मापदण्ड सहयोग र समन्वय सम्बन्धी कार्य,
  • कृषि तथा कृषि जन्य जैविक विविधता र जैविक प्रविधि सम्बन्धी कानून, मापदण्ड तर्जुमा तथा नियमन सम्बन्धी कार्य,
  • खाद्य सुरक्षा र खाद्य सम्प्रभूताका लागि मापदण्ड तर्जुमा तथा सो को नियमन,
  • वनस्पति तथा प्राणीजन्य खाद्य पदार्थमा गुणस्तर कायम गर्न आवश्यक मापदण्ड, कानून तर्जुमा तथा कार्यान्वयन,
  • विषादीको स्तरीकरण, सूचना संकलन वर्गीकरण र नियमन सम्बन्धी कार्य,
  • कृषि तथा खाद्य सम्बन्धी अन्तर्राष्ट्रिय प्रत्यायान, प्रमाणीकरण, प्रयोगशालाको विकास सम्बन्धी मापदण्ड तर्जुमा र निमयन,
  • खाद्य सुरक्षा विश्लेषण, अनुगमन तथा प्रक्षेपण सम्वन्धी कार्य,
  • प्राङ्गारिक कृषिलाइ प्रोत्साहन गर्ने मापदण्ड, कानून तर्जुमा र नियमन,
  • असल कृषि अभ्यास (GAP) र एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) लाई प्रवर्धन गर्न आवश्यक कानून, मापदण्ड तर्जुमा तथा नियमन सम्बन्धी

१. कृषि सामग्री व्यवस्थापन शाखा

  • मलको आयात, निर्यात, आपूर्ति, भण्डारण, वितरण, गुणस्तर नियमन र नियन्त्रणका लागि आवश्यक मापदण्ड, कार्यविधि आदिको मस्यौदा तयार गरी पेश गर्ने,
  • नेपाल भित्र उत्पादन, आयात, बिक्री वितरण तथा गुणस्तर व्यवस्थाको नियमन र नियन्त्रण गर्ने,
  • नेपाल भित्र मलको उत्पादन, आयात, बिक्री वितरण गरिने मलको स्पेशिफिकेसन तथा सहन सीमा निर्धारण सम्बन्धी कार्य,
  • मलको उत्पादन, आयात, निर्यातमा स्वीकृत मापदण्डको कार्यान्वयन, गुणस्तर परीक्षण र नियमन गर्ने,
  • रासायनिक मल आयात तथा बिक्री वितरणका लागि सूचीकरण तथा नवीकरण सम्बन्धी कार्य,
  • नेपालभर आवश्यक पर्ने रासायनिक मलको माग र आपूर्तिको अनुमान (प्रक्षेपण),
  • मल निरीक्षक नियुक्त गर्न सिफारिस गर्ने र निजको परिचालनका लागि प्रदेश मन्त्रालयसँग समन्वय गर्ने,
  • रासायनिक मल आयात गर्दा त्यसको परिमाण, गुणस्तर, प्याकेजिङ्ग र लेवलिङ्ग सम्बन्धी विषय प्रमाणित गर्न सर्वेयेर तोक्ने सम्बन्धी कार्य,
  • सर्वेयरको मान्यता र नवीकरण सम्बन्धी कार्य,
  • अनुसन्धान प्रयोजनको लागि मलको आयात अनुमतिपत्र जारी गर्ने,
  • आधिकारिक विश्लेषक र मल निरीक्षकको आधारभूत तालिम संचालन सम्बन्धी कार्य,
  • सूचीकृत मल र उत्पादनको विवरण अद्यावधिक गर्ने,
  • सरकारले रासायनिक मलमा उपलब्ध गराउने अनुदान (Subsidy) को व्यवस्थापन र बजेट बाँडफाँडको मापदण्ड तथा परिमाण तय गर्ने।
  • रासायनिक मल आपूर्तिका लागि आवश्यक बजेट तथा श्रोतको आंकलन गर्ने,
  • रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सम्बद्ध सरोकारवाला निकाय र समितिसँग आवश्यक समन्वय गर्ने,
  • मल आयात गर्ने कार्यको समन्वय र सहजीकरण गर्ने,
  • रासायनिक मल आयात, मौज्दात (Stock) र ढुवानी प्रक्रियाको नियमन गर्ने,
  • बजारमा बिक्री-वितरण भइरहेको मलको गुणस्तर जाँच गर्ने,
  • अवैध रूपमा भित्रिएका, कम गुणस्तरका वा मिसावट गरिएका रासायिनक मलको बिक्री-वितरण रोक्न बजार अनुगमन गर्ने,
  • रासायनिक तथा जौविक मल उत्पादन तथा आयात प्रयोग सम्वन्धी मापदण्ड तर्जुमा गुणस्तर नियम सम्वन्धी कार्य,
  • वीउ विजन आपूर्ति, व्यवस्थापन, गुणस्तर र मापदण्ड तथा सो को अनुगमन र नियमन सम्वन्धी कार्य,
  • कृषि औजार उत्पादन तथा प्रयोग सम्वन्धी मापदण्ड तर्जुमा तथा नियमन सम्वन्धी कार्य,
  • कृषि सामग्री आपूर्तिको प्रक्षेपण, विश्लेषण, अनुगमन र समन्वय सम्वन्धी कार्य,
  • कृषि सामग्रीमा प्रदान गरिने केन्द्रीय अनुदान सम्वन्धी कार्य,
  • मल आयात अनुमति तथा मल आयातकर्ताको अनुमति सम्बन्धी कार्य,
  • एकीकृत कृषि अनुसन्धान शिक्षा र प्रसारको व्यवस्था, मापदण्ड र नियमन सम्वन्धी कार्य,
  • आधुनिक तथा नवीनतम प्रविधिको मापदण्ड, नियमन र विस्तार सम्वन्धी कार्य,
  • कृषि अनुसन्धान, शिक्षा र प्रसार कार्यमा संलग्न सरकारी, गैर सरकारी, निजि र सहकारी क्षेत्रसँग समन्वय गर्ने कार्य,

३. खाद्य तथा पोषण सुरक्षा शाखा

  • राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम तर्जुमा, मापदण्ड, कानून र नियमन सम्बन्धी कार्य,
  • लोपोन्मुख र स्थानीय एवं रैथाने बाली एवं कन्दमूल प्रवर्धन सम्वन्धी कार्य,
  • खाद्य सुरक्षा विश्लेषण, अनुगमन तथा प्रक्षेपण सम्वन्धी कार्य,
  • खाद्य सुरक्षा कायम गर्न आवश्यक कानून मापदण्ड तर्जुमा र नियमन,
  • खाद्यान्न जगेडा, भण्डार व्यवस्थापनमा समन्वय,
  • खाद्य स्वच्छता तथा गुणस्तर, खाद्य पदार्थको प्रशोधन लगायतका प्रविधि सम्बन्धी अनुसन्धान र विकासमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गर्ने,
  • खाद्य स्वच्छता सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्य तथा स्रोत परिचालनमा आवश्यकता अनुसार समन्वय गर्ने,
  • Evidence-based policy support कार्यको लागि आवश्यक अध्ययन तथा नीतिगत राय सुझाब तयार गर्ने,
  • खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा/अद्यावधिक गर्ने कार्यको लागि आवश्यक समन्वय गर्ने,
  • खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी नीति, कानून तथा मापदण्ड कार्यान्वयनका लागि सम्बन्धीत नियमनकारी निकायहरूसँग नीतिगत समन्वय गर्ने,
  • खाद्य उत्पादन, प्रशोधन, भण्डारण र वितरण चरणमा गुणस्तर सुनिश्चितता, प्रणाली प्रवर्धन तथा जोखिम-आधारित खाद्य नियन्त्रण (risk-based food control) प्रणाली सुदृढ गर्न सहजीकरण/समन्वय गर्ने,
  • खाद्य परीक्षण प्रयोगशालाका लागि नीतिगत ढाँचा र न्यूनतम मापदण्ड निर्धारण गर्ने,
  • खाद्य परीक्षण प्रयोगशाला प्रत्यायान (accreditation) प्रणाली विकास र कार्यान्वयनमा आवश्यक सहजीकरण गर्ने,
  • खाद्य परीक्षण प्रयोगशाला अनुगमन तथा नियमनका लागि सम्बन्धीत प्राविधिक निकायसँग आवश्यक समन्वय गर्ने,
  • महाशाखा प्रमुख तथा श्रीमान सचिवज्यूको निर्देशानुसार अन्य काम गर्ने,
  • शाखाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने।

४. कृषि जैविक विविधता शाखा

  • कृषि जैविक विविधता र जैविक प्रविधि सम्बन्धी कानुन मापदण्ड र नियमन,
  • प्राङ्गारिक कृषि सम्बन्धी कानून, मापदण्ड र नियमन,
  • संरक्षण कृषि, स्रोत संरक्षण प्रविधि एवं असल कृषि अध्ययन सम्बन्धी कानून मापदण्ड र नियमन,
  • प्राङ्गारिक नेपाल कृषि GAP, IPM, IPNS दिगो भू-व्यवस्थापन जस्ता दिगो कृषि विकासका पद्धतिहरूको प्रवर्धन सम्बन्धी आवश्यक कार्य गर्ने,
  • कृषि वातावरण समिति र प्राङ्गारिक कृषि उत्पादन र प्रशोधन प्रणाली राष्ट्रिय समन्वय समितिको बैठक सञ्चालन,
  • प्राङ्गारिक प्रमाणीकरण कार्यान्वयन कार्यविधि तथा मार्गदर्शन तयारी सम्बन्धी कार्य गर्ने,
  • विषादी व्यवस्थापन र वातावरण सम्बन्धी आयोजना तथा अन्तराष्ट्रिय महासन्धि/अभिसन्धिहरुको कार्यान्वयन तथा समन्वयका लागि मन्त्रालयको सम्पर्क विन्दू (Focal Point) को रुपमा कार्य गर्ने,
  • कृषि एवं पशुपन्छी सम्वद्ध क्षेत्रहरुमा प्रयोग हुने सामानहरुको व्यवस्थापनसँग सम्बन्धीत कार्य,

४. खाद्य प्रशोधन तथा प्रविधि शाखा

  • खाद्य स्वच्छता तथा गुणस्तर खाद्य पदार्थको प्रशोधन लगायतका प्रविधि सम्बन्धी अनुसन्धान र विकासमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गर्ने,
  • खाद्य स्वच्छता सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्य तथा स्रोत परिचालनमा आवश्यकता अनुसार समन्वय गर्ने,
  • खाद्य स्वच्छता, गुणस्तर तथा प्रविधि सम्बन्धी अनुसन्धान नतिजालाई नीति तथा कार्यक्रमसँग जोड्ने (Evidence-based policy support) कार्यको लागि आवश्यक अध्ययन तथा नीतिगत राय सुझाब तयार गर्ने,
  • खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा/अद्यावधिक गर्ने कार्यको लागि आवश्यक समन्वय गर्ने,
  • खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी नीति, कानून तथा मापदण्ड कार्यान्वयनका लागि सम्बन्धीत नियमनकारी निकायहरूसँग नीतिगत समन्वय गर्ने,
  • खाद्य उत्पादन, प्रशोधन, भण्डारण र वितरणका प्रत्येक चरणमा गुणस्तर सुनिश्चितता प्रणाली प्रवर्धन तथा जोखिम-आधारित खाद्य नियन्त्रण (Risk-based food control) प्रणाली सुदृढ गर्न सहजीकरण/समन्वय गर्ने,
  • खाद्य परीक्षण प्रयोगशालाका लागि नीतिगत ढाँचा र न्यूनतम मापदण्ड निर्धारण गर्ने,
  • खाद्य परीक्षण प्रयोगशाला प्रत्यायान (Accreditation) प्रणाली विकास र कार्यान्वयनमा आवश्यक सहजीकरण गर्ने,
  • खाद्य परीक्षण प्रयोगशाला अनुगमन तथा नियमनका लागि सम्बन्धीत प्राविधिक निकायसँग आवश्यक समन्वय गर्ने,
  • महाशाखा प्रमुख तथा श्रीमान सचिवज्यूको निर्देशानुसार अन्य काम,
  • शाखाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने,
  • महाशाखा प्रमुखबाट निर्देशन भए बमोजिमका अन्य कार्यहरू गर्ने।

५. विकास सहायता समन्वय शाखा (कृषि)

  • कृषि, वन तथा पर्यावरण मन्त्रालयको कृषि विकास कार्य क्षेत्रसँग सम्बन्धीत आयोजना प्रस्तावहरु तयारी तथा अद्यावधिक गर्ने, गराउने,
  • तयार भएका आयोजना प्रस्तावहरु कार्यान्वयनको लागि विकास साझेदारहरुबाट प्राविधिक एवं आर्थिक सहयोग जुटाउन पहल गर्ने गराउने,
  • अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा आयोजना हुने कृषि क्षेत्रको विकास सहायता सम्वन्धी द्विपक्षीय एवं वहुपक्षीय वैठकहरुमा मन्त्रालयको प्रतिनिधित्व गर्ने,
  • आयोजना प्रस्तावहरु तयार गर्दा प्रदेश मन्त्रालय र अन्य निकायहरुसँग छलफल÷अन्तरक्रिया गर्ने,
  • दातृ निकाय, विभिन्न मित्र राष्ट्र, अन्तर्राष्ट्रिय संस्थाहरु एवं विकास साझेदारहरुको सहयोगमा संचालित आयोजनाहरुको तथ्याङ्क अद्यावधिक गर्ने र कार्यान्वयनमा समन्वय कायम गर्ने, गराउने,
  • वाह्य सहयोगमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्यान्वयनको अवस्था अद्यावधिक गर्ने,
  • मन्त्रालय अन्तरगत कार्यरत विदेशी विज्ञ, स्वंयसेवक, परामर्शदाता आदिको चयन, भिसा, म्याद थप सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने,
  • वैदेशिक सहयोगबाट सञ्चालित आयोजनाहरुको नियमित रुपमा कार्य सम्पादन प्रतिवेदन प्राप्त गर्ने,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्थाहरुसँग समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने,विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सम्पर्क विन्दुहरुको विवरण अद्यावधिक गर्ने र सम्बन्धीत सम्पर्क विन्दुहरु मार्फत आवश्यक समन्वय गर्ने,
  • कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता बमोजिम मन्त्रालयबाट बहन हुने आर्थिक दायित्वको भुक्तानी सम्बन्धी कार्य गर्ने, अभिलेख राख्ने, अद्यावधिक गर्ने,
  • वाह्य सहयोगमा सञ्चालनमा रहेका सवै आयोजनाहरुको स्वीकृत आयोजना दस्तावेज सहितको आयोजना अभिलेख अद्यावधिक गर्ने,
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपालमा कार्यान्वयनका लागि आवश्यक श्रोत जुटाउन समन्वय गर्ने,
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौता सम्बन्धी बैठकमा प्रस्तुत गर्न राष्ट्रिय सरोकारका मुद्दा पहिचान गर्ने गराउने व्यवस्था मिलाउने,
  • शाखालाई तोकिए बमोजिमका विकास सहायता सम्वन्धी अन्य कार्यहरु गर्ने ।