राष्ट्रिय जलवायु शिखर सम्मेलन सम्पन्न
कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय जलवायु शिखर सम्मेलन सम्पन्न गरेको छ । नेपालले आगामी कोप ३१ मा हिमाल संरक्षण, जलवायु न्याय, क्षति तथा नोक्सानीको क्षतिपूर्ति र अन्तर्राष्ट्रिय वित्तीय सहयोग लगायत विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा जोड दिएको छ ।
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून रहे पनि जलवायु परिवर्तनका गम्भीर असर भोग्नुपरेको सन्दर्भमा प्रभावित राष्ट्रलाई ऋणको सट्टा अनुदान, क्षतिपूर्ति तथा आवश्यक प्रविधि उपलब्ध गराउनुपर्ने विषयमा समेत छलफल भएको छ ।
हिमालको संरक्षण केवल नेपालको सरोकार होइन, विश्वव्यापी वातावरणीय सन्तुलन र मानव जीवनको सुरक्षासँग जोडिएको साझा जिम्मेवारी लगायत विषयमा समेत छलफल भएको थियो ।