कार्य विवरण
- मन्त्रालयको कर्मचारी प्रशासन सम्वन्धी कार्य गर्ने ।
- मन्त्रालयको आन्तरिक व्यवस्थापन सम्वन्धी कार्य गर्ने ।
- मन्त्रालयको जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालयको आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालय र अन्तरगतका निकायहरुको कानूनी तर्जुमा मस्यौदा तथा कानूनी राय, परामर्श दिने ।
- मन्त्रालयस्तरबाटहुनेनिकायहरुका पदाधिकारीहरुको नियुक्ति तथा अवकाश सम्बन्धी कार्यहरु गर्ने ।
- मन्त्रालय अन्तरगतका कार्यालय र निकायहरुको प्रशासनिक कामकारवाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने
- मन्त्रालय अन्तर्गत कृषि सेवा समूह लगायतको सञ्चालन सम्वन्धी कार्य गर्ने
- मन्त्रालय र अन्तर्गत निकायहरुको सुशासन कायम गर्ने ।
क. कृषि कर्मचारी प्रशासन शाखा
- संघिय निजामती सेवा ऐन र नियमावली अनुसार कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूह वाहेकका कर्मचारी प्रशासन सम्बन्धी माग आकृति, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, विदा, अवकाश र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालयबाट सञ्चालन हुने कृषि सेवा अन्तर्गका लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका समूहमा रिक्त रहेका पदहरु वढुवा तथा खुल्लाबाट पदपूर्ति सम्बन्धी कारवाही गर्ने ।
- मन्त्रालय अन्तर्गत कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कर्मचारीहरुको नियुक्ति, सरुवा, वढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहित पुरस्कार, वृत्ति विकास, दण्ड सजाय सम्वन्धी कार्य गर्ने ।
- मन्त्रालय अन्तर्गतको कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका जनशक्ति विवरण अद्यावधिक राख्ने ।
- बढुवा समितिको सचिवालयले कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका सम्पादन गर्ने कार्यमा सहयोग गर्ने ।
- मन्त्रालय अन्तर्गतका साविकको पशुपन्छी मन्त्रालय अन्तर्गत रहेका बोर्ड, संस्थान, समिति, परिषद वाहेकका कर्मचारी प्रशासन सम्बन्धी कार्यको अनुगमन सहयोग समन्वय गर्ने ।
- मन्त्रालय मातहतमा रहेको साविकको पशु पन्छी विकास मन्त्रालय अन्तर्गका रहेका वोर्ड संस्थान समिति परिषद् लगायतको संस्थाहरु वाहेको कार्यविधि निर्देशिका लगायत कर्मचारीहरुको सम्पत्ति विवरणको अभिलेख अद्यावधिक गर्ने साथै सम्पत्ति व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका कार्य सम्पादन मूल्याकंन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका स्वदेशी तथा वैदेशिक अध्ययन तथा सात दिन भन्दा बढि अवधिको तालिम सम्बन्धी मनोनयन लगायतका सम्पूर्ण कार्यहरु गर्ने
- कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कर्मचारीहरुको पासपोर्ट तथा भिसाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका आयोजनाहरुको दरवन्दी सृजना, जनशक्ति व्यवस्थापन लगायत प्रशासनिक कामकारवाही सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
- वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम कृषि सेवा अन्तर्गत लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका वैदेशिक भ्रमण, तालिम मनोनयन सिफारिस समितिको सचिवालयको कार्य गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका प्रशासनिक राय परामर्श सम्बन्धी कार्य गर्ने र यस विषयमा मन्त्रिपरिषदमा प्रस्तावहरु पेश गर्ने ।
ख. आन्तरिक प्रशासन (पशुपन्छी कर्मचारी प्रशासन समेत) शाखा
- मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरुको अभिलेख राख्ने ।
- वजेटको परिधिभित्र रही आर्थिक प्रशासन ऐन, नियमअनुसार निर्माण, मर्मत, खरीद, जग्गा अधिग्रहण, लिलाम तथा मिन्हा गर्ने ।
- मन्त्रालयको दैनिक प्रशासन सम्बन्धी कार्यहरु गर्ने ।
- मन्त्रालयको सुपरीवेक्षण, सोधपुछ, जनसम्पर्क र सुरक्षाको व्यवस्था गर्ने ।
- मन्त्रालय र साविकको पशुपन्छी विकास मन्त्रालय मातहत रहेका वोर्ड संस्थान, परिषद् लगायतको संस्थाहरुको कार्यविधि निर्देशिका लागयत कर्मचारीहरुको सम्पत्ति विवरणको अभिलेख अद्यावधिक गर्ने साथै सम्पत्ति व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त र भ्रष्टाचार नियन्त्रण एवं उजुरी, गुनासो सम्बन्धी कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रबाट प्राप्त गुनासाहरु फछर्यौट गर्ने ।
- मन्त्रालयमा आवश्यक सामग्री खरिद, वितरण लगायतका कार्य गर्ने ।
- मन्त्रालयको सवारी साधन व्यवस्थापन र परिचालन सम्वन्धी कार्य गर्ने
- मन्त्रालयको जिन्सी व्यवस्थापन सुरक्षा व्यवस्था सम्वन्धी कार्य
- मन्त्रालयमा प्राप्त चिठ्ठी पत्रहरुको अभिलेख सम्वन्धी कार्य
- मन्त्रालयको सरसफाई तथा वगैचा व्यवस्थापन सम्वन्धी कार्य
- संघिय निजामती सेवा ऐन र नियमावली अनुसार कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहका कर्मचारी प्रशासन सम्बन्धी माग आकृति, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, विदा, अवकाश र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालयबाट सञ्चालन हुने कृषि सेवा कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहमा रिक्त रहेका पदहरु वढुवा तथा खुल्लाबाट पदपूर्ति सम्बन्धी कारवाही गर्ने ।
- मन्त्रालय अन्तर्गत कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका कर्मचारीहरुको नियुक्ति, सरुवा, वढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहित पुरस्कार, वृत्ति विकास, दण्ड सजाय सम्वन्धी कार्य गर्ने ।
- मन्त्रालय अन्तर्गतको जनशक्ति विवरण अद्यावधिक राख्ने ।
- बढुवा समितिको सचिवालयले कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहका सम्पादन गर्ने कार्यमा सहयोग गर्ने ।
- मन्त्रालय अन्तर्गतका साविकको पशुपन्छी मन्त्रालय अन्तर्गत रहेका बोर्ड, संस्थान, समिति, परिषदका कर्मचारी प्रशासन सम्बन्धी कार्यको अनुगमन सहयोग समन्वय गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कार्य सम्पादन मूल्याकंन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका आयोजनाहरुको दरवन्दी सृजना, जनशक्ति व्यवस्थापन लगायत प्रशासनिक कामकारवाही सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
- कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका प्रशासनिक राय परामर्श सम्बन्धी कार्य गर्ने र यस विषयमा मन्त्रिपरिषदमा प्रस्तावहरु पेश गर्ने ।
- वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम कृषि सेवा अन्तर्गत लाइभष्टक भेटेरिनरी र मत्स्य समूहको वैदेशिक भ्रमण, तालिम मनोनयन सिफारिस समितिको सचिवालयको कार्य गर्ने ।
ग. कानुन तथा फैसला कार्यान्वयन शाखा
- कानूनी राय प्रदान गर्ने ।
- ऐन नियम, विनियम जस्ता कानूनहरुको मस्यौदा गर्ने ।
- नेपाल राजपत्रको सूचना प्रकासन सम्बन्धी कार्य गर्ने ।
- मन्त्रालय विपक्षी भएको मुद्दा मामिलामा प्रतिरक्षा गर्ने ।
- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग गर्ने ।
- सम्बन्धित न्यायालयबाट मन्त्रालय सम्बन्धी भएका मुद्दा फैसला कार्यान्वयनको कार्यवाही गर्ने ।
- मन्त्रालय मातहतका वोर्ड, संस्थान, समिति, परिषदको विनियमवली, कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन शाखासँगको समन्वयमा तर्जुमा गर्ने ।
घ. आर्थिक प्रशासन शाखा
- साधारणतर्फको बजेट तर्जुमा तथा कार्यान्वयन गर्ने ।
- बजेट निकासा गराउने र नियमित आर्थिक कारोवार सन्चालन गर्ने ।
- लेखापरीक्षण तथा बेरुजू फर्छ्यौट सम्वन्धी कार्य गर्ने गराउने ।
- मन्त्रालय मातहतको लेखा सम्वन्धी कामको नियमित अनुगमन, मूल्याङ्कन व्यवस्था मिलाई उपयुक्त कारवाही गर्ने ।
- आर्थिक प्रशासन सम्वन्धी अन्य काम गर्ने ।
- नि.से.ऐन तथा नि.से.नि. अनुसार औषधी उपचार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।